पोखरा । पोखरास्थित युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) सञ्चालक समिति अध्यक्षमा ठाकुरप्रसाद पन्त निर्वाचित भएका छन् ।
संस्थाको छैठाैँ अधिवेशनले पन्तलाई सर्वसम्मत अध्यक्षमा निर्वाचिन गरेको हो ।
यस्तै प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइरालाले निरन्तरता पाएका छन् ।
सञ्चालक समिति सदस्यमा गीता कार्की पन्थ, डा वसन्त पंगेनी र शशिधर पौडेल चुनिएका छन् ।
अधिवेशनले ३ जनालाई सल्लाहकारको जिम्मेवारी दिएका छ ।
युआरएलका प्रशासनिक सल्लाहकारमा तारिणीप्रसाद लम्साल, प्राविधिक सल्लाहकारमा वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारी र आर्थिक सल्लाहकार बालाकृष्ण शर्मा छन् ।
पोखराको सभागृहचोकमा रहेको युआरएलको प्रमुख प्रयोगशालाको अधिवेशनले गुणस्तर कायम राख्न छुट्टै समितिसमेत बनाउने प्रस्ताव पारित गरेको छ ।
मुख्य कार्यालयसहित युआरएलका सबै शाखा र सेवा केन्द्रको प्रशासनिक कामलाई चुस्त बनाउन तारिणीप्रसाद लम्सालको नेतृत्वमा समिति गठन गरिने भएको छ ।
युआरएल अध्यक्ष ठाकुरले सबै शाखाको साधारणसभा र अधिवेशन मंसिरभित्र सक्ने निर्णय भएको जानकारी दिए ।
स्थापनाको ११ वर्षको दौरानमा १३ शाखासहित २० ठाउँबाट सेवा दिइरहेको जनाउँदै उनले सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अघि बढेकाले अग्रणी र लोकप्रिय प्रयोगशालाका रुपमा स्थापित भएको दावी गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution