पोखरा । नेपालले क्यानडा एचपीसँगको अभ्यास खेलको श्रृंखला जितेको छ । गएराति सम्पन्न खेलमा नेपालले क्यानाडा एचपीलाई १० रनले पराजित गर्दै श्रृंखला २-१ ले जितेको हो
तेस्रो तथा अन्तिम खेलमा नेपालले दिएको १८८ रनको लक्ष्य क्यानडा एचपीले ४४दशमलव५ ओभरमा अल आउट हुँदै १७७ रन बनाएको थियो ।
नेपाल यसअघि पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा २० रनको विजयी भएको थियो ।
क्यानाडा भ्रमण अन्तर्गत विश्वकप लिग २ मा नराम्रो प्रदर्शन गरको नेपालले त्यसपछि खेलेको टी-२० ४ मध्ये २ खेल जितेको थियो ।
अब नेपालले अक्टोबर २५ देखि अमेरिकामा शुरु हुने अमेरिका र र स्कटल्यान्डसहितको लिग-२ को त्रिकोणात्मक श्रृंखला खेल्ने तयारी गरिरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution