पाेखरा। भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको छ । ८६ वर्षको उमेरमा मुम्बईमा रतन टाटाको बुधबार राति निधन भएको हो ।
यसअघि सोमबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएको थियो । पछि उनले आफैँ आईसीयूमा भर्ना भएको दाबीलाई अस्वीकार गरेका थिए । तर बुधबार उनलाई फेरि अस्पताल भर्ना गरिएको थियो ।
भारतीय मिडियाले मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा रतन टाटाको उपचारको क्रममा निधन भएको बताएका छन् । रतन टाटाको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहले दुःख प्रकट गरेका छन् ।
आफ्नो सादगी र सरल स्वभावका लागि परिचित रतन टाटाले उदारीकरणको युगपछि टाटा समूहलाई आजको उचाइमा पुर्याउन ठूलो योगदान दिएका थिए ।
रतन टाटा सन् १९६१-६२ मा टाटा समूहमा आबद्ध भएका थिए । यसपछि उनले हार्वर्ड बिजनेस स्कूलबाट एडभान्स म्यानेजमेन्ट प्रोग्रामबाट व्यवस्थापन पढेका थिए ।
सन् १९९१ मा उनी टाटा समूहको अध्यक्ष बने । सन् २०१२ मा सेवानिवृत्त भएका थिए । भारतमा पहिलो पटक पूर्ण रूपमा निर्मित कारको उत्पादन शुरु गर्ने श्रेय पनि उनलाई जान्छ । पहिलो पूर्णतया स्वदेशी रूपमा निर्मित कारको नाम टाटा इन्डिका थियो ।
विश्वकै सस्तो कार टाटा नानो बनाउने उपलब्धि पनि उनको नाममा छ । उनको नेतृत्वमा टाटा समूहले ल्यान्ड रोभर र जगुआर खरिद गरेर अन्तर्राष्ट्रिय हलचल मच्चाएको थियो । उनलाई पद्मविभूषणबाट पनि सम्मानित गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution