
पोखरा । पोखरामा राँगोले हानेर मंगलबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा-३३ का धनञ्जय आचार्य छन् । आचार्य जनचेतन माविमा कार्यरत छन् ।
आफ्नै दाजुको भैँसी फामर्म घाँसपानी गर्न गएका बेला उनलाई राँगोले आक्रमण गरेको बताइएको छ । कास्की प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो ।
उनको शव क्षतविक्षत अवस्थामा भेटिएको र पोष्टमार्टम गरी मंगलबार नै अन्त्येष्टि गरिएको बताइएकाे छ ।





