|फाइल तस्बिर
झापा । झापामा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
भद्रपुर नगरपालिका वडा न. १० स्थित हनुमानचोकमा भएकाे दुर्घटनामा भद्रपुर-१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालयका झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बिहीबार राति चारआली-चन्द्रगढी सडकखण्डमा प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे८प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएकाे हाे ।
बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १-०१-०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए ।
दुर्घटनामा प्रदेश १-०१-०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर-१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।
उनको अवस्था सामान्य छ । मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर-८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ । उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution