पोखरा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू-२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
श्रीलङ्काको कोलम्बोमा शुक्रबार भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३-० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । शुक्रबारको खेलमा नेपालले पहिलो सेट २५-१४, दोस्रो सेट २५-२१ र अन्तिम सेट २५-२० अङ्कले जितेको हो ।
जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३-० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३-१ र किर्गिस्तानसँग ३-२ सेटमा हार बेहोरेको थियो ।
तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३-० तथा श्रीलङ्कालाई ३-१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution