मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

  • पोखरा न्यूज
  • २०८१ आश्विन २६
मिस पोखराका प्रतिस्पर्धीलाई नेतृत्व विकास तालिम

पोखरा । मिस पोखराका प्रतिस्पर्धीले नेतृत्व विकास तालिम लिएका छन् । मंगलबार उनीहरुलाई पूर्व सञ्चारकर्मी उत्तम पौडेलले नेतृत्व विकास तालिम प्रदान गरे ।

बाइस वर्ष सञ्चारकर्मको अनुभवलाई सुनाउँदै पौडेलले सकरात्मक सोचले नै आफूमा परिवर्तन आउने उल्लेख गरे ।

“म करिब २२ वर्ष सञ्चार कर्ममा लागे, सञ्चार क्षेत्रले मलाई धेरै पाठ सिकायो, कर्मलाई आत्मसात् गर्दै सकरात्मक विचार राखियो भने सफलता मिल्छ । त्यसैले सकरात्मक सोचौँ,”, उनले भने ।

पौडेलले साना साना विषयवस्तुले नै लक्ष्य दिलाउने बताए । भनाइ र गराइमा फरकपन आयो भने समस्या हुने भनाइ उनको छ ।

मिस पोखराका प्रतिस्पर्धीलाई उनले सामाजिक बन्न सुझाएका छन् । नेतृत्व विकासका लागि समाजलाई नजिकबाट पढ्न आवश्यक रहेको उनले बताए ।

“राजनीति गर्दिन त्यसैले राजनीति मन पर्दैन, व्यवसायमा चाँसो छैन त्यसैले यसको बारेमा जानकारी भएर के गर्नु ? भन्ने सोच पाल्नुभएन”, उनले भने ।

हरेक विषयवस्तुको बारेमा जानकारी हुन आवश्यक रहेको उनले बताए । बोल्दा प्रस्तुतीकरणमा ख्याल गर्नुपर्ने बताए ।

उनले समाज निर्माणका लागि युवाको भूमिका महत्वपूर्ण रहेको र मिस पोखरा जस्ता कार्यक्रमले नेतृत्व गर्न सक्ने जनशक्ति उत्पादन गर्नेमा विश्वस्त रहेको बताए ।

कात्तिक १० गते फाइनल हुन लागेको मिस पोखरामा १७ जना प्रतिस्पर्धी सहभागी छन् ।

उनीहरुलाई अहिले विभिन्न तालिम दिइएको पोखरा जेसीजका अध्यक्ष देवराज शर्माले जानकारी गराए ।

विभिन्न विधामा २१ दिनसम्म तालिम प्रदान गरी क्षमता अभिवृद्धि गराउने लक्ष्यका साथ अगाडि बढिरहेको उनको भनाइ उनको छ ।

 



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस