|तस्बिर : धादिङ न्यूज
धादिङ । धादिङ पहिरो खसेर धादिङको सिद्धलेक गाउँपालिका वडा नं ४ र ६ को सिमानामा पर्ने थोपलखोला थुनिएको छ ।
थोपलखोलाको ज्यामिरे रह नजिकै शनिबार राति सुख्खा पहिरो खसेपछि खोला थुनिन पुगेको हो ।
पहिरोले खोला थुनिएपछि ज्यामिरे रह क्षेत्रमा ताल निर्माण भएको छ । खोला थुनिएर ताल निर्माण भएको हेर्न आइतबार बिहानैदेखि मानिसको भिड लागेको थियो ।
पहिरोले थुनिएको भागमा पानी भरिएर एक छेउबाट बग्न थालेको भए पनि पहिरो हटाउन नसकिने भएकाले ताल कायमै रहेको स्थानीयले बताएका छन् ।
पहिरोले खोला थुनिएको खबर आएपछि सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले आइतबार दिउँसो घटनास्थल पुगेर पहिरोको अवलोकन गरेर फर्किएका छन् ।
खोला थुनिएको तटीय क्षेत्रमा मानव बस्ती नभएकोले मानवीय क्षतिको सम्भावना कम रहे पनि पानीको सतह बढ्दै जाँदा खेतीबालीमा भने क्षति पुग्ने अवस्था छ ।
खोला थुनिनेक्रम बढ्दै जाने हो भने थोपलखोला हाइड्रोपावरको विद्युत उत्पादन केन्द्रमा भने क्षति हुन सक्ने भन्दै कर्मचारी त्रासमा छन् ।
खोला थुनिएको ठाउँ थोपलखोला हाइड्रोपावरको विद्युत गृहभन्दा केही तल छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution