
पाल्पा । पाल्पामा सोमबार सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
गाडीमा १३ जना सवार रहेका थिए । घाइतेको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गुल्मीबाट पाल्पातर्फ आइरहेको लु१ज ४९६८ नम्बरको इभी गाडी अनियन्त्रित भई तानसेन-रानीमहल सडक खण्डको तानसेन नगरपालिका-१ नारायणडाँडामा दुर्घटना भएको हो ।
गाडी अनियन्त्रित भई भित्तामा ठोक्किएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।





