नुहाउने क्रममा खोलामा डुबेर १३ वर्षीया बालिकाको मृत्यु

पोखरा । मकवानपुरमा खोलामा डुबेर सोमबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नं १ हात्तिढुंगाकी १३ वर्षीया रुविना तामाङ रहेकी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

स्थानीय चिरुवा खोलामा नुहाउने क्रममा खोलामा डुबेर उनको मृत्यु भएको हो ।

रुविनालाई उद्धार गरी तत्कालै उपचारका लागि झुरझुरेस्थित क्लिनिकमा लगिएकोमा उपचार गर्ने क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि हेटौँडा अस्पताल राखिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button