
नवलपुर । विजयादशमीको टीकापछि किसान खेतमा जान व्यस्त भएका छन् । लहलह फलेको धान काट्न किसान खेतमा व्यस्त भएका हुन् ।
नवलपुरस्थित खेतमा पाकेको धान काट्दै किसान व्यस्त देखिएका छन् । यतिबेला किसानलाई धान भित्र्याउने चटारो परेको छ ।
मानो रोपेर मुरी फलाउन भन्दै गत असारमा रोपेको धान दशैँको टीका सकिएसँगै किसानलाई धान काट्ने चटारो परेको हो ।
यसपालि वर्षा बढी नै भएकाले धान पनि उल्लेख्य मात्रामा बढेको छ । तर कहीँ कहीँ भने असिना पानी र हावाहुरीले धानलाई नोक्सानसमेत पुर्याएको छ ।





