१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २० वर्षका सन्तराम पक्राउ

  • पोखरा न्यूज
  • २०८१ आश्विन २९
१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी, २० वर्षका सन्तराम पक्राउ

बर्दिया । बर्दियामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका वडा नं ६ का २० वर्षीय सन्तराम थारू छन् ।

उनलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुुसार थारूले ती किशोरीलाई शनिबार राति गुमस्ता गाउँ जाने बाटोमा जबरजस्ती करणी गरेका थिए ।

पीडित पक्षको उजुरीको आधारमा कतर्नियाघाट प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस