पाेखरा। दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१दशमलव४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१दशमलव४८ अंकले बढेर २६९९दशमलव६६ विन्दुमा बन्द भएको छ ।
आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।
कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन मात्रै घट्यो । उत्पादन तथा प्रशोधन १५.६४ अंकले घट्यो । फाइनान्स १४९दशमलव६१, जीवन बिमा १३०दशमलव३८ अंक र निर्जिवन बिमा ६६दशमलव३४ अंकले बढेको छ ।
आज सबैभन्दा बढी जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको थियो भने मिड सोलु हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution