पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ अब ?

  • पोखरा न्यूज
  • २०८१ आश्विन २९
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पर्छ अब ?

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार बिहान १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

योसँगै तेस्रो वर्गअन्तर्गतका शहर पोखरा, काठमाडौँ र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६ रुपैयाँ ५० पैसा कायम भएको छ ।

यस्तै, डिजेलको मूल्य तेस्रो वर्गअन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्गअन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्गअन्तर्गतका क्षेत्रमा १४८ रुपैयाँ ५० पैसा कायम भएको छ । निगमले दशैँअघि मूल्य घटाएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

३ घण्टा अघि

गाई पूजा आजै

३ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस