नेप्से परिसूचक ४३ अंकले बढ्याे

पोखरा । बुधबार नेप्से परिसूचक ४३ अंकले बढेको छ । नेप्से ४३दशमलव२२ अंकले बढेर २७४२दशमलव८८ विन्दुमा बन्द भएको छ । कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

बुधबार सबैभन्दा बढी विजय लघुवित्तको शेयर मूल्यमा ९दशमलव३३ प्रतिशतले बढेको छ भने इस्टर्न हाइड्रोको शेयर ९दशमलव२४ प्रतिशतले बढेको छ ।

त्यस्तै सबैभन्दा बढी अपार श्यांगे हाइड्रोको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

त्यस्तै सबैभन्दा बढी नेपाल फाइनान्सको १५ करोड ९ लाख ५० हजार बराबरको कारोबार भएको छ भने हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनिको ७ लाख २९ हजार २७५ कित्ता शेयर कारोबार भएको छ ।

दशैँ बिदापछि लगातार दोस्रो दिन शेयर बजारमा हरियाली छाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button