आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १
आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना

पाेखरा। हाल देशभर पश्चिमी वायु र गण्डकी, कोशी तथा  बागमती प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ ।

गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ ।

गण्डकी, कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस