इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जना भन्दा बढीको मृत्यु, पचास घाइते

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १
इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जना भन्दा बढीको मृत्यु, पचास घाइते

काठमाडौँ । उत्तरी नाइजेरियामा एउटा इन्धन ट्याङ्कर विस्फोट हुँदा एक सय ४० जना भन्दा बढीको मृत्यु भएको छ । उक्त दुर्घटनामा ५० भन्दा बढी घाइते भएको प्रहरीले बुधबार बताएको छ ।

प्रहरी प्रवक्ता लवान शिसु आदमका अनुसार मङ्गलबार राति उत्तरी जिगावा राज्यमा ट्याङ्कर दुर्घटनामा परेपछि सडकमा पोखिएको इन्धन सङ्कलन गर्ने क्रममा धेरै पीडितको मृत्यु भएको थियो ।

आदमले माजिया सहरमा एउटा ट्रकसँग ठोक्किनबाट बच्न खोज्दा ट्याङ्कर पल्टिएको जानकारी दिए । दुर्घटनापछि स्थानीय बासिन्दा सवारी साधनको वरिपरि भेला भएर सडक र नालीमा पोखिएको इन्धन सङ्कलन गरिरहेका थिए ।

नाइजेरियान मेडिकल एसोसिएसनले चिकित्सकलाई बिरामीको चापलाई सम्हाल्न नजिकैका आपत्कालीन कक्षमा जान आग्रह गरेको छ ।

इन्धन ट्याङ्कर विस्फोट अफ्रिकाको सबैभन्दा बढी जनसङ्ख्या भएको नाइजेरियामा सामान्य हुन् । यहाँ सडक राम्रोसँग मर्मतसम्भार नगरिएको हुन सक्छ र प्रायः दुर्घटनापछि इन्धन चोरी गर्ने प्रयास गर्छन् ।

नाइजेरियाले आफ्नो पुस्ताकै सबैभन्दा खराब आर्थिक सङ्कट भोगिरहेको बेला इन्धन अझै बहुमूल्य वस्तु बनेको छ । राष्ट्रपति बोला अहमद टिनुबुले गत वर्ष अनुदान हटाएपछि पेट्रोलको मूल्य पाँच गुणा बढेको छ र प्रायः अभाव हुने गर्छ ।

गत साता सरकारी तेल कम्पनीले एक महिनाभन्दा कम समयमा दोस्रो पटक मूल्य वृद्धि गरेपछि निराशा अझै बढेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस