पोखरा । पोखरा महानगरपालिका वडा नं १३ बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा-१३ मियाँपाटनका ३७ वर्षीय अक्रम मियाँ छन् ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
मियाँको ग२४प ५७७९ नम्बरको स्कुटर चेकजाँच गर्दा लागूऔषध भेटिएको प्रहरीले जनाएको छ ।
सोक्रममा नाइट्राजीपाम ट्याब्लेट आइपी १० एमजी नाइट्राभेट लेखिएको १५० थान, मोवाइल चार थान र ३६ हजार रुपैयाँ नगद तथा विभिन्न बैँकका चेक बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
मियाँविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतको स्वीकृत अनुमतिले अनुसन्धान प्रकृया अघि बढाइएको डीएसपी शर्माले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution