आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १
आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै

|प्रतिकात्मक तस्बिर

पोखरा । आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदैछ । सबै जनासँग मिलेर गरिबी निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई ससम्मान बाँच्ने वातावरण निर्माण गर्ने भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यले सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ तारिखका दिनलाई यो दिवसको रुपमा मनाउने गरिएको छ ।

संयुक्त राष्ट्रसंघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनि व्याख्या गरेको छ ।

विश्व बैँकको प्रतिवेदन अनुसार पछिल्ला दुई वर्षमा झण्डै नौ करोडदेखि १२ करोड मानिस गरिबीको चपेटामा परेका छन् ।

दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि गरिबी निवारणका लागि भनेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेपाल सरकारले सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित देशको सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने लक्ष्यसमेत राखेको भए पनि अपेक्षाकृत रुपमा भने गरिबी घट्न सकेको छैन ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस