प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख जम्मा

  • पोखरा न्यूज
  • २०८१ कार्तिक १
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख जम्मा

पोखरा । प्राकृतिक विपत्तिमा परेका नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा हुनेक्रम जारी छ ।

कोषमा हालसम्म एक अर्ब ७४ करोड ४७ लाख २७ हजार छ सय ३४ रुपैयाँ रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्धार कोषमा असोज २३ गतेसम्ममा एक अर्ब ७३ करोड छ लाख ३२ हजार दुर्य सय ९० रुपैयाँ जम्मा भएको थियो । कोषमा विभिन्न दाताबाट रकम जग्मा भइरहे पनि सरकारले प्रभावकारी ढंगले खर्च गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

असोजको दोस्रो सातामा अबिरल वर्षासँगै बाढी, पहिरो, डुवानले वितण्डा मच्चाएको थियो । सो विपद्मा दुई सय ५० बढी नागरिकले ज्यान गुमाएका थिए भने १८ जना भन्दा बढी अझै बेपत्ता छन् ।

यो विपत्तिका कारण देशले अरबौँको क्षति व्यहोरेको छ । देशमा मुख्य राजमार्ग पहिरोकै कारण क्षतविक्षत छ । केही राजमार्ग अझै सञ्चालनमा आउन सकेका छैनन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस