पोखरा । प्रत्येक वर्ष आश्विनशुक्ल पूर्णिमाका दिन लाग्ने चोभार डाँडास्थित आदिनाथको मेला आज बिहानैदेखि सुरु भएको छ ।
कार्तिकशुक्ल पूर्णिमासम्म सञ्चालन हुने उक्त मेला भर्न भक्तजन पुग्ने गरेका छन् ।
मेला अवधिकमा आदिनाथको भक्तिपूर्वक पूजार्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनश्रुति छ ।
आदिनाथ मन्दिरमा शिवपार्वतीको एकाकार मूर्ति छ, जसलाई शिव र शक्तिका रूपमा बौद्ध धर्मावलम्बीले पनि अर्चना गर्दै आएका छन् ।
हिन्दू तथा बौद्ध अनुयायीका निम्ति यो साझा संस्कृतिक धरोहर मानिन्छ ।
मन्दिरमा विभिन्न भाँडावर्तन, गरगहना चढाउने गरेको प्रचलन छ । भक्तजनले बिहानैदेखि बाजागाजासहित मन्दिरमा भजनकीर्तन गरिरहेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution