
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले बाजुरा पुगेर बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् ।
आज बिहान प्रथम महिला सबिता पौडेलसहित राष्ट्रपति बडीमालिका पुगेका थिए ।
त्यहाँ उनले पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरे ।शक्तिपीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि लाखौँ भक्तजन आउने गर्दछन् ।
राष्ट्रपतिले नाटयश्वरी मन्दिरको नवनिर्मित भवनसमेत उद्घाटन गरे । उनी आज विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी बुधबार सुर्खेत पुगेका थिए ।





