पोखरा । हावाहुरीका कारण फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।
सशस्त्र प्रहरी बल नं २४ कालिका गणबाट फेवाताल रेस्क्यु टावरमा खटिएको टोलीले तालको बीच भागमा काठको डुङ्गामा अड्किएका रुपन्देहीको देवदह नगरपालिका-११ का २२ वर्षीय मनिष विश्वकर्मा र रूपन्देहीको देवीनगर नगरपालिका-११ का २२ वर्षीया प्रिति सुनारको उद्धार गरेको हो ।
काठको डुङ्गा भाडामा लिइ फेवातालमा सवार दुवै जनाको तालको बीच भागबाट उद्धार गरिएको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुणकुमार शर्माले जानकारी दिए ।
फेवाताल रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरी बलको विशेष विपद् व्यवस्थापन टोलीले घटनाबारे जानकारी प्राप्त गर्नासाथ उनीहरुको उद्धार गरेको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution