साफ महिला च्याम्पियनशिप: नेपाल भुटानसँग, श्रीलंका माल्दिभ्ससँग खेल्ने

  • पोखरा न्यूज
  • २०८१ कार्तिक २
साफ महिला च्याम्पियनशिप: नेपाल भुटानसँग, श्रीलंका माल्दिभ्ससँग खेल्ने

पाेखरा। काठमाडौँमा जारी साफ महिला फुटबल च्याम्पियनशिपमा आज दुई खेल हुँदै छन् । पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ ।

दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार दिउँसो साढे ३ बजेदेखि शुरु हुनेछ ।

त्यस्तै दोस्रो खेल नेपाल र  भुटानबीच हुँदैछ । यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन् ।

नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनशिपमा भाग लिए पनि अहिलेसम्म उपाधि जितेको छैन ।

नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ । अहिलेसम्म भारतले  प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ ।

नेपालले तेस्रो पटक प्रतियोगिताको आयोजना गरिहँदा विगतमा जस्तै उपाधि जित्ने सुनौलो अवसर छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस