पोखरा । पोखरामा क्रियाशील त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ ।
पोखरा-१ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटीकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्य प्रस्तुत हुनेछ । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ ।
‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ । यस्तै स्थानीय कलाकारले पनि आफ्नो नृत्य प्रस्तुत गर्नेछन् भने, मिलन एण्ड द ओभरेप्टर्सले लाइभ प्रस्तुति दिनेछ’ उनले भने ।
उनले कार्यक्रमबाट बचत हुने रकम सामाजिक कार्यमा खर्चिने बताए ।
‘हामीले साँझबाट बचत भएको रकम सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य छ ’, उनले भने, ‘क्लब भवन जीर्ण अवस्थामा छ यसको मर्मत गर्नुपर्नेछ, यस्तै लागूऔषध दर्व्यसनविरुद्धमा सचेतनामूलक कार्यक्रम गर्ने योजना छ ।’
सिम्पानी साँझमा प्रवेश निःशुल्क रहेको छ भने सुरक्षाका लागि वडा प्रहरी बगरसँग समन्वय भइरहेको आयोजकले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution