रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले पायो अनुमति

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई हिरासतमा राख्न प्रहरीले अनुमति लिएको हो । योसँगै लामिछानेलाई पक्राउ गरेर कास्की ल्याउने प्रहरीको तयारी छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा २०८० असोज १६ गते गितेन्द्रबाबु (जीबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो । यस्तै २०८० २२ माघ गते लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी परेको थियो ।

केही अघि सांसद् सूर्य थापाको नेतृत्वमा सहकारी समस्याबारे गठित संसदीय विशेष समितिल सहकारीको रकम अपचलनमा लामिछानेलाई समेत दोषी ठहर गर्दै प्रतिवेदन बुझायो ।

समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यस मुद्दामा अनुसन्धान अघि बढाएको थियो । त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरी कास्की ल्याएको थियो ।

गोर्खा मिडिया नेटवर्कका मुख्य सञ्चालक एवं सहकारी ठगी प्रकरणका मुख्य आरोपी राई हालसम्म फरार छन् । उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button