पोखरा । सूर्यदर्शनलगायतका सहकारी ठगी प्रकरणमा जोडिएका रवि लामिछानेलाई पक्राउ गर्न कास्की प्रहरीले प्रहरी प्रधान कायालयको केन्द्रीय अनुसन्धान व्यूरोलाई पत्र पठाएको छ ।
कास्की प्रहरीका सूचना अधिकारी एवं डीएसपी वसन्तकुमार शर्माले लामिछानेलाई खोज तलास गरी पक्राउ गरी पठाइदिन आग्रह गर्दै पत्र पठाएका हुन् ।
कास्की प्रहरीले उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान शाखालाई पनि सोही पत्र पठाएको छ ।
कास्की प्रहरीले आजै जिल्ला अदालत कास्कीबाट लामिछानेलाई पक्राउ गर्ने अनुमति पाएको थियो ।
सहकारी ठगी प्रकरणमा कृष्णप्रसाद जैशीलगायतको जाहेरीका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो ।
यता, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका पूर्व डीआइजी छविलाल जोशीलाई थप २० दिन हिरासतमै राखिने भएको छ ।
प्रहरीले जोशीलाई असोज ६ गते काठमाडौँबाट पक्राउ गरी कास्की ल्याएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । जोशी र लामिछानेमाथि सँगसँगै अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution