
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई स्थलमार्गबाटै कास्कीको पोखरा ल्याइने भएको छ ।
उनलाई गाडीबाटै पोखरा ल्याउन लागिएको प्रहरी स्रोतले जनाएको छ । लामिछानेकै इच्छा अनुसार प्रहरीले लामिछानेलाई स्थलमार्गबाट कास्की ल्याउन लागेको बताइन्छ ।
गत असोज ६ गते पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीलाई भने प्रहरीले जहाजमार्फत पोखरा ल्याएको थियो ।
जोशीलाई तेस्रोपटक आज २० दिन म्याद थप भएको छ । अब जोशी र लामिछानेमाथि सँगसँगै अनुसन्धान अघि बढाउने कास्की प्रहरीको तयारी छ । सभापति लामिछानेसँगै रास्वपाका नेताहरु पनि पोखरा आउने तयारीमा रहेको बताइएको छ ।
लामिछानेमाथि अब कास्कीबाटै अनुसन्धान हुनेछ ।





