पोखरा । अग्रज पत्रकार एवं नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलालाई पितृशोक परेको छ । उनका पिता विश्वनाथ बास्तोलाको ९१ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
पोखरा-११ फूलवारी निवासी बास्तोलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् ।
बास्तोलाका श्रीमती रेवती र एक छोरा विजयको यसअघि नै निधन भइरहेको छ । उनका अर्का छोरा रवीन्द्र पत्रकारिता, प्राध्यापन, सहकारी अभियान र समाजसेवामा सक्रिय छन् । बास्तोलामा तीन छोरी शान्ति सिग्देल, लक्ष्मी अधिकारी र शारदा गोतामे छन् ।
यसैबीच नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले बास्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव टुवराज बास्तोलाले शोक विज्ञप्तिमार्फत बास्तोलाको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनामा समवेदना भनेका छन् ।
यस्तै नेपाली कांग्रेस कास्की क्षेत्र नं १ पनि पनि बास्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टी सचिव सरोज केसीले शोक विज्ञप्ति जारी गर्दै कांग्रेसले दरिलो खम्बा गुमाएको र यसले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गरे ।
यता, नेपाल पत्रकार महासंघ कास्कीले पनि बास्तोलाको निधनप्रति दुःख व्यक्त गरेको छ । महासंघका कावा अध्यक्ष रामप्रसाद तिमिल्सेनाले महासंघ कास्कीका पूर्वअध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य रवीन्द्रका पिताको निधनले सिंगो पत्रकार महसंघ स्तव्ध र मर्माहत भएको उल्लेख गरे ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution