पोखरा । पोखरा महानगरपालिका वडा नं ७ मासबारस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभा उद्घाटन गर्दै पोखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले सहकारीका सात सिद्धान्तबाट विचलित नहुन आग्रह गरे ।
अहिलेको परिस्थितिमा आफूलाई जोखिमरहित ढंगले सहकारी सञ्चालन भएको भन्दै शेयर सदस्यले सहकारीबाटै कारोबार गरेर संस्थालाई मजवुत बनाउनुपर्नेमा उनले जोड दिए ।
महिला विकासका लागि आमा समूहका अध्यक्ष तुलसी बरालले सबै शेयर सदस्यले बचत मात्र नभएर सहकारीमार्फत नै आफ्नो घरायसी एवं व्यवसायिक खर्च गर्ने हो भने मुनाफा वृद्वि हुने बताइन् ।
संस्थाका सल्लाहकार सरोज नारायण बरालले शेयर सदस्य जति सक्रिय र चलायमान हुन्छन् उति नै मुनाफा हुने बताए ।
सभामा बचत तथा ऋणतर्फ उत्कृष्ट कारोबार गर्ने टिका कुमारी शर्मा र रामनाथ पौडेललाई सम्मान गरिएको थियो ।
सो अवसरमा कोषाध्यक्षको प्रतिवेदन हरिप्रसाद बराल र लेखा समिति प्रतिवेदन सूर्यनाथ भट्टराईले प्रस्तुत गरेका थिए ।
संस्थाका अध्यक्ष पीताम्बर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सावित्री बराल, सहकारी सिद्धान्त वाचन सदस्य अञ्जु आचार्य र सञ्चालन सचिव नरेशप्रसाद बरालले गरेका थिए ।
सहकारीमा हाल दुई सय २० शेयर सदस्य छन् । संस्थाको कुल शेयर पुँजी दुई करोड आठ लाख एक हजार छ सय रहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution