पोखरा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ४ पुरी गाउँस्थित शनिबार दिउँसो ३ बजेतिर एक घरमा बम विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
घाइते हुनेमा ४५ वर्षीय गोविन्द पुरी रहेका छन् । घाइते पुरीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलले जानकारी दिए ।
सकेट बमको छर्राले लागेर पुरीको आँखा, खुट्टालगायत शरीरको विभिन्न भागमा चोट लागेको छ ।
डीएसपी पौडेलका अनुसार आइतबार बिहान नेपाली सेनासहितको टोलीले घटनास्थल चेकजाँच गर्ने गरी घटनास्थल प्रहरीले सुरक्षित गरेर राखेको छ ।
घरमा बम कसरी पुग्यो भन्ने विषय नखुलेको डीएसपी पौडेलले बताए । प्रहरीका अनुसार घाइते पुरी नेपाली सेनाका पूर्व कर्मचारी हुन् ।
उनले शनिबार घरको सामान सार्नेक्रममा बम विस्फोट भएको हो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution