पोखरामा भारी बर्षा, आज पनि तीन प्रदेशमा हुने

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ४
पोखरामा भारी बर्षा, आज पनि तीन प्रदेशमा हुने

पाेखरा ।  हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसकाे प्रभावले आइतबार बिहान पाेखरामा भारी बर्षा भएकाे थियाे । बिहान १ देखि ३ बजेसम्म मेघगर्जन र चट्याङसहित बर्षा भएकाे थियाे ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।

साथै गण्डकी, कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ।

कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस