चम्किए कुशल भुर्तेल, नेपालद्वारा अमेरिकालाई १७१ रनको चुनौती

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ४
चम्किए कुशल भुर्तेल, नेपालद्वारा अमेरिकालाई १७१ रनको चुनौती

पोखरा । नेपालले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आइतबार अमेरिकासामु १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल एक्लैले नटआउट ९२ रन बनाए । उनले ५४ बल खेलेर सात चौका र छ छक्कासहित ९२ रन बनाएका हुन् । अर्का नटआउट ब्याटर करण केसीले ६ रन बनाए ।

ओपनर आसिफ सेख १ रनमै आउट भए । अर्का ओपनर अनिल साहले भने २५ रनको योगदान गरे । गुल्सन झा १९, कप्तान रोहित पौडेल १८, दीपेन्द्रसिंह ऐरी दुई रन मात्रै बनाउन सफल भए ।

अमेरिकी बलरमध्ये नोसथुस केनजिग र जसदीप सिंहले दुई/दुई विकेट लिए । नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको थियो ।

तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस