पोखरा । पोखरामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहीद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर पोखरा ल्याएपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन शुरु गरिरहेका छन् ।
त्यस्तै सहकारी पीडितले पनि पोखरामा प्रदर्शन शुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
कास्की प्रहरीले आज दिउँसो ३ बजे पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालत लैजाने भएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution