|तस्बिर : सुदर्शन रञ्जित
पोखरा । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबिरुद्ध देशैभरिबाट आन्दोलनमा उत्रिन आह्वान गरेका छन् ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई अदालतमा लैजानेक्रममा कास्की जिल्ला अदालतको ढोकैबाट यस्तो आह्वान गरेका हुन् ।
निकै उत्तेजित तवरले प्रतिक्रिया दिँदै उनले भने, ‘आन्दोलन मेरा लागि होइन, देश बर्बादी हुनबाट जोगाउन हो, यो सरकार रहेसम्म देश अघि बढ्दैन ।’
केपी ओलीको सरकार रहिरहेमा देशले धेरै दुःख पाउने उनको जिकिर छ । उनले भने, ‘यो सरकार रहिरहेसम्म यस्तै हर्कत भइरहन्छ, झुट्टा मुद्धामा फसाउने काम भइरहन्छ, त्यसैले यही बेलामा जो जहाँ हुनुहुन्छ घरबाट बहिर निस्किन आग्रह गर्दछु ।’
‘केपी ओली सरकार नढलेसम्म उनको शासनसत्ता रहिरहेसम्म यस्ता अपराध भरहनेछ, यो देश बन्दै बन्दैन’, उनले प्रश्न गरे, ‘भ्रष्टाचारीलाई संरक्षण गरेर, सारा सहकारी पीडिक आफ्ना पार्टीमा पालेर, भ्रष्टाचारको जगमा उभिएर अर्कालाई ठग भनेर मुद्धा लगाउने ?’
आफूलाई जस्तै केपी ओलीमाथि छानविन गर्ने हो भने सबैभन्दा धेरै भ्रष्टाचारमा उभिएको मानिस केपी ओली हुने उनले जिकिर गरे । यस्तो व्यक्ति प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण भएको उनले बताए ।
आफू सम्मानित अदालतमा न्याय प्रक्रियालाई सघाउन आएको भन्दै लामिछानेले आफूलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरे ।
राज्यसत्ता कब्जा गर्ने, आफ्ना मान्छे भर्ति गर्ने, जनतालाई सधैँ मूर्ख बनाउने, यसरी निर्दोष मान्छे फसाउनेको सरकार अन्त्य हुनुपर्ने उनको जिकिर छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution