आफ्नै घरको कुवामा डुबेर एक युवकको मृत्यु

दाङ । कुवामा डुबेर एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका-२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताइन् ।

प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button