माओवादी केन्द्रले जनप्रदर्शन र खबरदारी सभा गर्ने

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ६
माओवादी केन्द्रले जनप्रदर्शन र खबरदारी सभा गर्ने

|फाइल तस्बिर

पोखरा । नेकपा माओवादी केन्द्रले कार्तिक १० गते शनिबार काठमाडौँमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।

सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका हुन् ।

उनले खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीलाई निर्देशन पनि दिएका छन् ।

माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजना विहीनताका कारण बेपत्ताको खोजी, राहत वितरण, घाइतेको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनःथापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले शुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारीसभा गर्ने जनाएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

४ घण्टा अघि

गाई पूजा आजै

४ घण्टा अघि

गाई पूजा आजै

खोजी गर्नुहोस