कास्कीका पौडेल कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्यमा मनोनित

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ६
कास्कीका पौडेल कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सदस्यमा मनोनित

पोखरा । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कास्कीका डा. कृष्णप्रसाद पौडेलसहित १८ जना सदस्य मनोनित भएका छन् ।

पार्टीका उपसभापति एवं प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सोमबार पार्टी विधानको धारा ३६ (१) (ग) बमोजिम सदस्य मनोनित गरेका हुन् । डा. पौडेल पार्टीका महाधिवेशन प्रतिनिधि हुन् ।

पौडेल २०४८ मा नेविसंघबाट राजनीतिमा प्रवेश गरेका थिए भने २०५६ मा पार्टीको क्रियाशील सदस्यता लिएका थिए । उनी हाल पार्टीको विभिन्न जिम्मेवारीमा छन् ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार तनहुँका जगदीशचन्द्र पोखरेल, बागलुङका प्रताप पौडेल र स्याङ्जाका डोलराज भुसाल पनि प्रतिष्ठानको सदस्यमा मनोनित भएका छन् ।

साथै बाजुराका कविराज पण्डित, , गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीका विजुला वर्मा, नुवाकोटका केदारनरसिंह के.सी र सोलुखुम्बुकी रिना उप्रेती सदस्यमा मनोनित भएका छन् ।

यस्तै, धनुषाका वीरेन्द्र यादव, झापाका भरत प्रसाई, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सिना, जाजरकोटका हजारी नेपाली (वादी), काठमाडौँका विश्वदीप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त र काठमाडौँका अनार बस्नेतलाई उपसभापति खड्काले प्रतिष्ठानको सदस्यमा मनोनित गरेका छन् ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस