पाेखरा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदविरुद्ध अदालतको काम कारबाहीमा अवरोध गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा निवेदन परेको छ ।
युवराज सफलले नेपाल सरकार, नेपाल प्रहरी र अदालतको काम कारबाहीमा अवरोध गर्ने रास्वपा सांसदलाई मुलुकी अपराध संहिता, २०७४ को दफा (५० ) को उपदफा (४) बमोजिम ३ वर्ष जेल सजाय र ३० हजार जरिबानाको माग गर्दै जिल्ला प्रहरी परिसरमा जाहेरी पेश गरेका हुन् ।
जाहेरीमा उनले संसदीय छानबिन समितिले कारवाही गर्न सिफारिस गरेपछि प्रहरीले अदालतको आदेशमा गरेको कारवाहीप्रति अवरोध सिर्जना गर्न आन्दोलन गरिरहेको र कार्यकर्तालाई अनिवार्य उपस्थितिको लागि उर्दीसमेत जारी गरेकाले सो कार्य मुलुकी अपराध संहिता विपरीत भएको उल्लेख छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution