पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ८ ल्वाङमा १९ फिट अग्लो बुद्धमूर्ति र बुद्धपार्क उद्घाटन गरिएको छ ।
पोखरा-१ सिमपानी निवासी बलबहादुर गुरुङ र देवशुभा गुरुङद्वारा बुद्धमूर्ति र बुद्धपार्क निर्माण गरिएको हो ।
लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टासी वान्गेलको नेतृत्वमा विधिवत पूजासमेत गरिएको हो ।
बुद्धपार्कले ल्वाङगाउँको पर्यटन प्रवर्द्धन तथा समृद्धिमा विशेष महत्व राख्ने अपेक्षा राखिएको छ ।
ल्वाङ आउने पाहुनाले चियाबारीसँगै बुद्धको दर्शन गर्दै बुद्धपार्कमा बसेर आनन्द लिन सकिने स्थानीय बताउँछन् ।
ल्वाङ सामुदायिक होमस्टे समिति अध्यक्ष सुमित्रा गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धमूर्ति निर्माण दाता बलबहादुर गुरुङ, देवशुभा गुरुङ, वडासदस्य अर्जुन परियार, मस्याकुकोट आमा समूहकी अध्यक्ष डम्मरकुमारी गुरुङ, ग्रीनहिल क्लब अध्यक्ष सुजन गुरुङ, ल्होगो तमु सेवा समिति सचिव कमल गुरुङ, बुद्ध मूर्ति निर्माण समन्वयकर्ता देवराज गुरुङ, बुद्धमूर्ति पूजा धर्मगुरु कुङ्ग ढुन्दुकलगायतले बोलेका थिए ।
होमस्टेका निवर्तमान सचिव तीर्थबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा बुद्धपार्कका लागि सहयोग गर्ने दातालाई सम्मान गरिएको थियो ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution