पोखरा । पोखराको शहीदचोकमा निर्माण हुन लागेको पेट्रलपम्प उच्च अदालतले रोकिदिएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मेरिना श्रेष्ठको संयुक्त इजलासले पेट्रलपम्प निर्माणको काम रोक्न अन्तरिम आदेश दिएको हो ।
अदालतको आदेशमा भनिएको छ, ‘सुविधा र सन्तुलनको दृष्टिकोणबाट प्रस्तुत मुद्दाको अन्तिम टुंगा नलाग्दासम्म निवेदनमा उल्लेखित पेट्रोलपम्प निर्माणको कार्य यथास्थितिमा राखी उक्त निर्माण कार्य तत्काल अगाडि नबढाउनू, अगाडि बढ्न नलगाउनू ।’
पोखरा सहिदचोकमा नेपाल प्रहरीले निर्माण थालेको पेट्रोलपम्प निर्माणको काम अदालतले रोकेको छ । मंगलबार निर्माण रोक्न अन्तरिम आदेश दिएको हो ।
नागरिक समाज पोखराका पूर्वसंयोजक रामबहादुर पौडेललगायतले प्रहरी कार्यालयको नाममा रहेको जग्गामा पेट्रोलपम्प निर्माणले भविष्यमा कुनै पनि दुर्घटना घट्न गएमा ठूलो धनजनको क्षति हुन सक्ने भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution