पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बुधबार पोखराको सृजनाचोकमा प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी गठी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ ।
लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा पोखरा ल्याइको थियो । उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकीलसमक्ष वयान सुरु भएको छ ।
रास्वपाले शनिबार विरोध प्रदर्शन सुरु गरेको थियो । शनिबार चिप्लेढुंगामा शक्ति प्रदर्शन गरेको रास्वपाले आइतबार शहीदचोक, सोमबार पृथ्वीचोकबाट महेन्द्रपुल र मंगलबार जिरोकिमिदेखि अमरसिंहचोकसम्म विरोध प्रदर्शन गरेको थियो ।
रास्वपाले देशभरबाट कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरिरहेको हो । कास्की बाहिरबाट करिब एक हजार कार्यकर्ता पोखरा आएका छन् ।
पार्टी सभापति लामिछानेले आफू रिहा नभएसम्म सडक नछाड्न निर्देशन दिएका छन् । उनले केपी ओलीको सरकार रहेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution