पोखरा । कास्की प्रहरीले सोमबार दिउँसो लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका वडा नं. ५ का ३० वर्षका बलबहादुर विश्वकर्मा र धौलागिरी गाउँपालिका वडा नं. ४ की ३५ वर्षीया नरकुमारी घर्ती छन् ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माका अनुसार हेमजामा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरु सवार ग२५प ६५८८ नम्बरको स्कुटर चेकजाँच गर्दा लागूऔषध बरामद भएको हो ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले उनीहरुको साथबाट डाईजापाम ३१ एम्पुल, फेनेरागन ३१ एम्पुल र नुर्फिन ३१ एम्पुल गरी ९३ एम्पुल लागूऔषध बरामद गरेको छ ।
उनीहरुलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी शर्माले जानकारी दिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution