कास्कीका गोदार दुइ दिनमा एक सय ६० किमि दाैडिए, आज पाेखरा आइपुग्ने

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ७
कास्कीका गोदार दुइ दिनमा एक सय ६० किमि दाैडिए, आज पाेखरा आइपुग्ने

पोखरा । काठमाडौंको दशरथ रंगशालाबाट पोखराका लागि दौड यात्रा सुरु गरेका कास्कीका अर्जुन गोदार तनहुँको दमौली आइपुगेका छन् ।

सोमबारदेखि सुरु भएको गोदाको यात्रा पहिलो दिन पृथ्वीराजमार्गको मझिमटार, दोस्रो दिन तनहुँको दमौली आइपुगेको हो । उनको यात्रा आज पोखरा आइपुगेर पोखरा रंगशालामा समापन गर्ने कार्यक्रम छ ।

सोमबार ८६ किमि र मंगलबार ७४ किमि दौड पूरा गरेका उनले आज बुधबार दमाैलीदेखि पोखरा आइपुग्दै छन् ।

यात्राका क्रममा बीच बीचमा नेपाली सेनाको टोलीले उनको स्वागत गरेको छ । उनलाई मोटरसाइकल राइडरसहितको एक टोलीले सहजीकरण गरिरहेको छ ।

उनी कास्की रूपा गाउँपालिका वडा नं १ फल्याङकोट निवासी हुन् । काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षति भएकोले शान्तिको कामनासहित स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ दौड पूरा गर्ने अठोट गरेको बताए ।

गोदार नेपाली सेनाबाट निवृत हुन् । उनी ११ बर्षदेखि युएईको सार्जा पोर्टमा काम गर्दै अएका छन् । अहिले केही दिनको बिदामा नेपाल आएका उनले दौड पूरा गर्ने अभियामना जुटेका हुन् ।

उनले सातामा कम्तीमा एक सय ५० किलोमिटर दौडिँदै आएका छन् । पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रसकन्ट्री पर्वतीय दौडमा समेत सहभागी थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस