अर्जुन कुमालको कप्तानीमा गण्डकीको टोली घोषणा

  • पोखरा न्यूज
  • २०८१ कार्तिक ७
अर्जुन कुमालको कप्तानीमा गण्डकीको टोली घोषणा

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा कोशी प्रदेशको विराटनगरमा हुने वाई-वाई पुरुष यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ ।

गण्डकी प्रादेशिक क्रिकेट सङ्घले स्टार खेलाडी अर्जुन कुमालको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

कुमाल अण्डर १९ राष्ट्रिय टोलीका सदस्यसमेत हुन् । वाई वाई अण्डर १९ राष्ट्रिय क्रिकेट यही कात्तिक १० गतेदेखि सुरु हुँदैछ ।

प्रादेशिक टोलीको छनोटका लागि सङ्घले गत असोज ७ गते देखि १३ गतेसम्म पोखरा क्रिकेट रङ्गशालामा प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरेको थियो । तर सो प्रतियोगिता प्रतिकूल मौसमका कारण पूरा सञ्चालन हुन सकेको थिएन ।

प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगितामा सहभागी खेलाडीको प्रदर्शन र सहभागी प्रशिक्षकको रायका आधारमा पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको । असोज अन्तिम साता सञ्चालन भएको बन्द प्रशिक्षणपछि अन्तिम टोलीका खेलाडी चयन गरिएको हो ।

टोलीमा करन पगेनी, सोहेल कुँवर, बंश क्षेत्री, सुदीप अर्याल, नरेश शाह, अश्विन थापा, किरण भट्टराई, अपरिचित पौडेल, सुजन गौतम, विज्ञान पाण्डे, सुप्रिम सुनार, सिव्रिन श्रेष्ठ र रोहित चन्द छन् ।

वैकिल्पक खेलाडीमा सरोज खत्री, नितेश गिरी, सोनु यादव र अनिष ताम्राकार छन् । टोलीको प्रशिक्षकमा रिजन प्रजु र व्यवस्थापकमा अविशेषक ढकाल छन् । गण्डकीले प्रतियोगिताको आफ्नो पहिलो खेल कात्तिक ११ गते मधेस प्रदेशसँग खेल्नेछ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस