
पोखरा । सुनको मूल्य बढ्ने क्रम बुधबार पनि जारी रहेको छ । सुनको मूल्यले बुधबार नयाँ कीर्तिमान बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार सात सय रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार सुन तोलाको एक लाख ६५ हजार नौ सयमा कारोबार भएको थियो ।
यता बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





