रौतहट । रौतहटमा आज करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा नं ९ की २४ वर्षीया रिङकुदेवी सहनी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सहनी गढीमाई नगरपालिका वडा नं ७ धनहारी गाउँमा भएको महाबिरी झन्डा मेलामा कस्मेटिक पसल गरी बसेकी थिइन् ।
मेला भएको स्थान खेतमा राखेको आफ्नै ठेला ल्याउने क्रममा मेलामा जडान गरिएको विद्युतीय तारबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन् ।
उनलाई उपचारका लागि गरुडास्थित बेटर नेपाल मल्टी स्पेस्लिटी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
उनको शव पोष्टमार्टम भएर आफन्तलाई बुझाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution