रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।
हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका-३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए ।
चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिए ।
हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution