पाेखरा । नेपालमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपराह्न ५:३० बजे हुनेछ ।
समूह ‘बी’ मा हाल नेपाल २ खेलबाट ४ अंकसहित शीर्षस्थानमा रहेको छ भने भुटान पनि ४ अंकसहित दोस्रो स्थानमा छ ।
त्यस्तै श्रीलंका ३ अंकसहित तेस्रो स्थानमा छ । दुवै खेलमा हार बेहोरेको माल्दिभ्स सेमिफाइनलको दौडबाट बाहिरिसकेको छ ।
अहिलेसम्म नेपाल, भुटान र श्रीलंका तीनवटै देशको सेमिफाइनल सम्भावना कायमै छ । आज नेपालले श्रीलंकासँग बराबरी खेले मात्रै पनि सेमिफाइनलको यात्रा तय गर्नेछ ।
समूह ‘ए’बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगिसकेका छन् । पाकिस्तान भने समूह चरणबाट बाहिरिसकेको छ ।
यता आजै माल्दिभ्स र भुटानबीच पनि प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १:३० बजे हुनेछ । भुटानले आज बराबरी खेले पनि सेमिफाइनल पुग्नेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution