|फाइल तस्बिर
सुर्खेत । सुर्खेतमा आज बिहान २९ जना यात्रु सवार गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा दैलेखको ठाटीकाँध गाउँपालिका वडा नं ४ का ३५ वर्षीय दीपक शाही छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनलाई कर्णाली अस्पताल सुर्खेतमा पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेको हो । सबै घाइतेको कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ ।
जुम्लाबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका वडा नं ८ को हुड्केमा दुर्घटना भएको हो । गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution